नक्कली शरणार्थी प्रकरणका आरोपित बेचन झालाई ७ दिन थुनामा राख्न अदालतको आदेश

नक्कली शरणार्थी प्रकरणका आरोपित बेचन झालाई ७ दिन थुनामा राख्न अदालतको आदेश

आइतवार, आषाढ १६ २०८१
आइतवार, आषाढ १६ २०८१
  • नक्कली शरणार्थी प्रकरणका आरोपित बेचन झालाई ७ दिन थुनामा राख्न अदालतको आदेश

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

    शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश पाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    झालाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

    प्रहरीको विशेष ब्युरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij