चितवनको एक होटलमा चिनियाँ नागरिक मृत भेटिए

चितवनको एक होटलमा चिनियाँ नागरिक मृत भेटिए

आइतवार, आषाढ १६ २०८१
आइतवार, आषाढ १६ २०८१
  • चितवनको एक होटलमा चिनियाँ नागरिक मृत भेटिए

    काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत भेटिएका छन् । बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय बियान चाङ्क्सिन आज बिहान मृत फेला परेका हुन् ।

    असार १० गतेदेखि सो होटलमा बसेर उनी बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ९ बजेतिर  होटलको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

    क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij