काठमाडौं । कैलालीमा प्रहरीकै एकजना सई प्रहरीको नियन्त्रणमा छन् । कैलालीको टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार बेलुका उनलाई नियन्त्रणमा लिइएको र अहिले उनको स्वास्थ्य जाँच भैरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएकाे छ । खड्काले ड्युटीमै मदिरा सेवन गरेर लफडा गरेको गुनासोपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।
सादा पोसाकमा रहेका उनले स्थानीयलाई गाली गरेको समेत आरोप छ ।