चक्रपथ विस्तारको बाँकी काम छिटो अघि बढाउन माग गर्दै दबाब यात्रा

चक्रपथ विस्तारको बाँकी काम छिटो अघि बढाउन माग गर्दै दबाब यात्रा

शनिवार, आषाढ १५ २०८१
शनिवार, आषाढ १५ २०८१
  • चक्रपथ विस्तारको बाँकी काम छिटो अघि बढाउन माग गर्दै दबाब यात्रा

    काठमाडौं । चक्रपथ अर्थात् (रिङरोड) विस्तारका लागि दबाब यात्रा गरिएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको नेतृत्वमा आज बिहान कलंकी क्षेत्रबाट दबाब यात्रा निकालिएको हो ।

    सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै विरोध स्वरूप पैदलै यात्रा गरिएको हो । सरकारले चक्रपथ विस्तारका लागि छ वर्ष अघि रुख काटेर नयाँ लेन बनाउने भने पनि काम अलपत्र छ ।  

    दुई वर्षभित्र सक्ने गरी कलङ्की–बसुन्धरा सडक विस्तार गर्ने सम्झौता नेपाल र चीनबीच भएको थियो । नेपाल सरकार र चीन सरकारले २०१८ जनवरी १७ तारिखमा सम्झौता गरी काम अघि बढाउने सहमति भएको भए पनि सडक विस्तार परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बनेको छैन । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij