काठमाडौं । झापाको दमकमा २ बर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार अपराह्न भएको सवारी दुर्घटनामा आमाछोरी घाइते भएकोमा २ बर्षीया छोरीको मृत्यु भएको छ ।
दमक नगरपालिका–१ बरगाछीमा मे. १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदल हिँडिरहेकी भएकी काठमाडौँ घर भई हाल दमक १ मा डेरा गरी बस्ने २४ वर्षीया शर्मिला लिम्बू मगर र उनकी २ बर्षीया छोरी आरुसी मगरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सफारीको ठक्करबाट घाइते आमाछोरी दुवैलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो । उपचारको क्रममा नै घाइते बालिका आरुसीको मृत्यु भएको हाे । आमा शर्मिलाको उपचार भइरहेको छ ।