लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ

लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ

शनिवार, आषाढ १५ २०८१
शनिवार, आषाढ १५ २०८१
  • लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ

    काठमाडौं ।  ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सीइओ सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध महाशाखाकाे टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको हो ।

    नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार रहेका थिए ।

    लालिगुराँस सहकारी ठगीसम्बन्धी छानविन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि रहेको छ ।

    उक्त सहकारी सञ्चालकहरूले बचतकर्ताकाे ६ अर्बभन्दा बढी रूपैयाँ  अपचलन गरेकाे थियाे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij