काठमाडौं । पहिरोले घर पुरिँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ । गएराति साढे ११ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका-५ बाँगेस्थित दुर्गा जिटीको ढुंगा माटो र टिनले छाएको घर पहिरोले पुरिँदा उनीसँगै उनकी ३ वर्षीया छोरी निकिसा जिटीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरू घरमा सुतिरहेको बेला घरभन्दा करिब २०/२५ मिटर माथिबाट पहिरो खसेको थियो । पहिरोले ढुंगामाटो र टिनले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पूर्ण रुपमा पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोले गोठ पुरिँदा त्यहाँ रहेको एउटा भैँसी समेत मरेको प्रहरीले जनाएको छ ।