काठमाडौं । कपिलवस्तुमा श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु भएको छ । महाराजगन्ज नगरपालिका–३ गनवरियास्थित सडकमा लु ६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीया किसलावती ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर किसलावती गम्भीर घाइते भएकी थिइन् । घाइते किसलावतीको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हाे । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।