विवाहको बहानामा मानव तस्करी गरेको आरोपमा महिला पक्राउ

विवाहको बहानामा मानव तस्करी गरेको आरोपमा महिला पक्राउ

बिहिवार, आषाढ १३ २०८१
बिहिवार, आषाढ १३ २०८१
  • विवाहको बहानामा मानव तस्करी गरेको आरोपमा महिला पक्राउ

    काठमाडौं । बिवाहको बाहनामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन् । 

    उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत प्रस्ताव गरेकी थिइन् । विश्वास दिलाउन आफू समेत चिनियाँ केटासँग विवाह गरेर चीन आएको बताएकी थिइन् ।

    त्यसपछि पीडित महिलालाई ठमेलमा उनले चिनियाँ केटासँग समेत भेट गराएको पाइएको छ भने महिलालाई झुक्याएर १० फागुन २०८० मा चीन पुर्याएको अनुसन्धानबाट खुलेको छ। 

    चीन पुगेपछि ती महिलाले आफू १ लाख ५० हजारमा बिक्री भएको थाहा पाएकी थिइन् । चिनियाँ नागरिकले उनलाई घरमै बन्धक बनाएर शारीरिक र मानसिक यातना दिँदै यौन शोषण समेत गरेको पीडितको भनाइ छ ।

    त्यसपछि चीनस्थित नेपाली दूतावासको समन्वयमा उनी ९ असारमा नेपाल फर्केर ब्यूरोमा जाहेरी दिएकी थिइन् । पीडितको जाहेरी दरखास्तको आधारमा प्रतिवादी राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिन  म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भई रहेको ब्युरोले जनाएको । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij