घुससहित पक्राउ परेका कपिलवस्तु नापी कार्यालयका सर्भेक्षक गुप्ताविरुद्ध मुद्दा दायर

घुससहित पक्राउ परेका कपिलवस्तु नापी कार्यालयका सर्भेक्षक गुप्ताविरुद्ध मुद्दा दायर

बिहिवार, आषाढ १३ २०८१
बिहिवार, आषाढ १३ २०८१
  • घुससहित पक्राउ परेका कपिलवस्तु नापी कार्यालयका सर्भेक्षक गुप्ताविरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु नापी कार्यालयका सर्भेक्षक बेचन प्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार घुस लिँदा रंगेहात समातिएका उनीहरुद्ध सोही बराबरको बिगो मागदाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएकाे हाे । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले सर्वेक्षक बेचनप्रसादलाई सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । 

    उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई मुद्दा दायर गरिएको आयाेगले जनाएकाे छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij