मोरङमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

मोरङमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

बिहिवार, आषाढ १३ २०८१
बिहिवार, आषाढ १३ २०८१
  • मोरङमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

    काठमाडौं । मोरङको रंगेली नगरपालिका–८ खयरबारीमा विषालु सर्पले डसेर महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार रंगेली–८ की ५७ वर्षीया कलादेवी ऋषिदेवको मृत्यु भएको हो । 

    आफ्नै घरमा सुतिरहेका बेला ऋषिदेवलाई बुधबार राति १२ बजेतिर सर्पले डसेको मोरङ प्रहरीले जनाएकाे छ । कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन नभएको प्रहरीले जनाएकाे छ । सर्पले डस्नसाथ परिवारका सदस्यले ऋषिदेवलाई उपचारका लागि भारततर्फ लगेका थिए । उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    त्यसपछि शवलाई फर्काएर घरमै ल्याइएको थियो । प्रहरीले घटनाका बारेमा बिहीबार बिहान साढे ६ बजेतिर जानकारी पाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij