असार दोस्रो सातासम्म पुग्दा ९.८ प्रतिशत रोपाइँ

असार दोस्रो सातासम्म पुग्दा ९.८ प्रतिशत रोपाइँ

बिहिवार, आषाढ १३ २०८१
बिहिवार, आषाढ १३ २०८१
  • असार दोस्रो सातासम्म पुग्दा ९.८ प्रतिशत  रोपाइँ

    काठमाडौं । असार दोस्रो साता पुग्दासम्म मुलुकमा रोपाइँ हुने कुल क्षेत्रको ९.८ प्रतिशतमा मात्रै रोपाइँ भएको छ ।

    असार १२ गतेसम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रको १ लाख ३६ हजार ४ सय ११ हेक्टमा मात्रै धान रोपिएको छ । नेपालमा १३ लाख ९८ हजार ८ सय ३६ हेक्टरमा रोपाइँ हुने गरेको छ ।

    कृषि विभागका अनुसार गत वर्षको दाँजोमा यो वर्ष पनि रोपाइँ दर नबढेको हो । १० असार २०८० सम्म कुल रोपाइँ क्षेत्रको ८.७५ प्रतिशत रोपाइँ भएको थियो ।

    गत वर्ष देशभर करिब १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । राष्ट्रिय  धान  दिवस  तथा रोपाइँ महोत्सव चितवनमा मनाइने भएको छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१ औँ  राष्ट्रिय  धान  दिवस  तथा रोपाइँ महोत्सव, २०८१ यही १५ गते चितवनमा मनाइने भएको हो ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij