काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईमा सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८ देखि ३.२ जीपीए ल्याएका छन् । जसमा २.८० देखि ३.२० ल्याउने ७८ हजार ८ सय ७४ जना विद्यार्थी रहेका छन् ।
बोर्डका अनुसार उत्तीर्ण हुने विद्याथीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् । यस्तै जीपीए २ देखि २.४० ल्याउने २ हजार ९ सय ५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४ सय ७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८ सय ७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २ सय ५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २ सय ९ जना विद्यार्थी रहेका छन् ।
परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ८५ जना परीक्षार्थी सहभागी थिए । जसमा २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।
