काठमाडौं । सिन्धुपाल्चोक जिल्लास्थित श्री महेन्द्रोदय माध्यमिक विद्यालयका पुर्व विद्यार्थी समाजले ५० विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । सो विद्यालयमा अध्ययन गरि बिभिन्न क्षेत्रमा योगदान पुर्याएका पुर्व विद्यार्थी समाजले हाल महेन्द्रोदयमा पढिरहेका विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री र सास्कृतिक पोशाक वितरण गरेका हुन् ।

श्री महेन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका गरिब, असाहाय र जेहेन्दार तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई एक लाख १६ हजार नगद बरावरको सामाग्री वितरण गरिएको बिद्यालयले जनाएको छ । जसबाट ५० जना विद्यार्थी लाभान्वित भएका छन् ।

विद्यालयका प्रधान संरक्षक समाजसेवी रामशरण कार्कीको प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष रेशम पाख्रिन, नेपाली कांग्रेस सुनकोसी सभापति रुपकाजी लामा, रबिन्द्र भण्डारी, ईन्द्रबहादुर तामाङ, विष्णु थापा रामकुमार बस्नेत, बुद्व लामा, भिमसेन भण्डारी, उद्वब भण्डारी, विनोद कार्की, वीर ब. थापा, हरि कार्की, मिङ्ग लामा लगायतको उपस्थिति रहेको थियो ।

विद्यार्थीलाई आवस्यक पर्ने सामग्रीहरुको हस्तान्तरणका लागि आयोजना गरिएको सो कार्यक्रममा ७० हजार २५० रुपैयाँ बराबर स्टेशनरी सामाग्री र ४५ हजार रुपैयाँ बराबरको साँस्कृतिक पोसाक वितरण गरिएको विद्यालयले जनाएको छ ।