काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार २ लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ ।
जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
१ लाख १५ हजार ८ सय ३४ जनाले आउँदो साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन् । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८ सय विद्यार्थी दुई विषयमा एनजी आएको छ ।