एसइईको नतिजा आज सार्वजनिक हुने

एसइईको नतिजा आज सार्वजनिक हुने

बिहिवार, आषाढ १३ २०८१
बिहिवार, आषाढ १३ २०८१
  • एसइईको नतिजा आज सार्वजनिक हुने

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले हिजाे नै प्रकाशन गर्ने भनिएको नतिजा विभिन्न प्राविधिक समस्याका कारण आज सार्वजनिक गर्ने भएको हो । 

    राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहान ८ बजे बाेर्डकाे वैठक बस्ने र ९ बजे नतिजा सार्वजनिक गर्ने जनाएको छ । यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    गत चैत १५ गते सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij