काठमाडौं । पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ । दिउँसो पौने ५ बजे पोखरा महानगरपालिका–१८ खपौंदीमा फेवातालमा माछा मार्ने क्रममा बागलुङ घर भएका ३३ वर्षका सुकबहादुर मगरको मृत्यु भएको हो ।
उनी फेवातालमा डुबेको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि पुगेको थियो ।
५ बजेर २१ मिनेटमा उनलाई उद्धार गरेर पश्चिम क्षेत्रीय अस्पताल पठाएको र उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।