रोटरी क्लबले द्वन्द्व र शान्तिबारे पत्रकारलाई प्रशिक्षण

रोटरी क्लबले द्वन्द्व र शान्तिबारे पत्रकारलाई प्रशिक्षण

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • रोटरी क्लबले द्वन्द्व र शान्तिबारे पत्रकारलाई प्रशिक्षण

    ललितपुर । रोटरी क्लबले  ‘द्वन्द्व संवेदशीलता र शान्तिसुरक्षा’ शीर्षकमा पत्रकारलाई प्रशिक्षण दिएको छ । वरिष्ठ पत्रकार युवराज घिमिरे, अनुसन्धानकर्ताहरू राजेन्द्र सेञ्चुरी र राजकुमार ढुङ्गाना  तथा रोटरी क्लब, जाउलाखेलका अध्यक्ष विष्णुराज उप्रेतीले सुरक्षा संवेदनशीलताबारे प्रशिक्षण दिएका थिए। 

    पत्रकार घिमिरेले समाज द्वन्द्व बाहिर हुन नसक्ने तर त्यसको सकारात्मक व्यवस्थापन गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। “पत्रकारिताको माध्यमबाट सुव्यवस्थित समाज निर्माण गर्न गरिन्छ,” उनले भने,“यसको लागि समाजका सबै समुदाय, वर्ग र क्षेत्रको विचारलाई निष्पक्ष भएर समाचारमा समेट्नुपर्छ ।” 

    कार्यपत्र प्रस्तुत गर्दै सेन्चुरीले समाजमा हरेक किसिमको द्वन्द्वको समाधान सहकार्यबाटै सम्भव हुने बताएका छन् । पत्रकारिता समाजका निम्ति गर्नुपर्नेमा जोड दिए। 

    पत्रकारितामा सुरक्षासम्बन्धी अन्तर्राष्ट्रियस्तरमा भएका अभ्यासको उदाहरण प्रस्तुत गर्दै डा ढुङ्गानाले शान्तिसुरक्षासँग सम्बन्धित विषयमा समाचार लेख्दा अझ गम्भीर एवं संवेदनशील हुनुपर्ने बताए । 

    अध्यक्ष उप्रेतीले दशवर्षे द्वन्द्वमा अकल्पनीय पीडा भोगेकाहरूले न्याय नपाएसम्म सञ्चार माध्यमले निरन्तर समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij