एसइईको नतिजा भोलि मात्रै सार्वजनिक हुने

एसइईको नतिजा भोलि मात्रै सार्वजनिक हुने

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • एसइईको नतिजा भोलि मात्रै सार्वजनिक हुने

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि मात्रै सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशन गर्ने भनिएको नतिजा विभिन्न प्राविधिक समस्याका कारण भोलि सार्वजनिक गर्ने भएको हो । 

    राष्ट्रिय परीक्षा बोर्डले बिहीबार अपरान्ह ४ बजे नतिजा सार्वजनिक गर्ने जनाएको छ । यसअघि आज सार्वजनिक तयारी थियो । तर, प्राविधिक समस्याका कारण भोली नतिजा सार्वजनिक गर्न लागिएको हो ।

    यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    गत चैत १५ गते सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij