काठमाडौं । अविरल बर्षाको कारण विराटनगर विमानस्थलका पार्किङ क्षेत्रमा बाढी पसेपछि उडान र अवतरण अवरुद्ध भएको छ। विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो । बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिमका कारण उडान रोकिएको हो ।
पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुनः सुरु हुने जनाइएको छ । बास्ता खोलाबाट ओभर फ्लो भएर आएको पानी ड्रेनबाट निकास हुँदैछ ।
यसघि पनि २०७८ साल कात्तिकमा पनि खोलाको पानी विराटनगर विमानस्थल भित्र पसेपछि पाँच दिन उडान अवतरण रोकिएको थियो । हिजोरातिदेखि परेको निरन्तर बर्षाका कारण विभिन्न स्थानमा खोलाबाट ओभर फ्लो भएर आएको पानी बस्तीमा पस्दा घरहरु डुवानमा परेका छन् ।