कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते

    कास्की । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

    कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पहिरो आए लगत्तै इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरेको थियो । 


    यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । सुनारकी २७ वर्षीया श्रीमती रितु घाइते भएकी छिन् ।

    उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको तत्काल सकुशल उद्धार गरेका थिए ।  पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij