भक्तपुर । चाँगुनारायण नगरपालिका दुुई वटा वडामा चोरी भएको छ । दुुई साताको बीचमा चाँगुनारायण नगरपालिका–४ को वडा कार्यालय तथा १ नं. वडा कार्यालय भवनमा चोरी भएको हो । प्रहरीका अनुसार नगरपालिका–४ को वडा कार्यालयमा सोमबार राति चोरी भएको हो ।
चाँगुनारायण नगरपालिका–४ को कार्यालयबाट कम्प्युटर सेट ३ थान, सिपियु २ थान र झ्यालको पर्दा १ थान चोरी भएको जनाइएको छ । चोरी भएको सामानको मूल्य करिब ३ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुको साथै घट्नाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. १ मा पनि दुई साता अघि चोरी भएको थियो । सो वडाबाट पनि तीनवटा कम्प्युटर लगायतका समान चोरी भएको थियो । सो चोरी लगत्तै वडा कार्यालयले जिल्ला प्रहरी परिसर भक्तपुरमा निवेदन दिएपनि हालसम्म चोरी गर्ने गिरोह पक्राउ परेको छैन ।