चिकित्सा शिक्षा आयोगद्वारा शुल्क निर्धारण, कुन विषय पढ्न कति ?

चिकित्सा शिक्षा आयोगद्वारा शुल्क निर्धारण, कुन विषय पढ्न कति ?

मंगलवार, आषाढ ११ २०८१
मंगलवार, आषाढ ११ २०८१
  • चिकित्सा शिक्षा आयोगद्वारा शुल्क निर्धारण, कुन विषय पढ्न कति ?

    काठमाडौं ।  चिकित्सा शिक्षा आयोगले शुल्क निर्धारण गरेको छ । आयोगले शैक्षिक सत्र २०८१/८२ का लागि चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो।

    एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७ सय २० रुपैयाँ शुल्क कायम छ । त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २ सय ९० रुपैयाँ, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार रुपैयाँ शुल्क छ । 

    यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी. मेडिकल माइक्रोलोजी र बी. बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क ७ लाख ७७ हजार रुपैयाँ  रहेको छ ।

    स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको ८ लाख ५७ हजार ८ सय ३० तोकिएको छ।

    स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको ३ लाख ४ हजार २ सय २० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले जनाएको छ।

    चिकित्सा शिक्षाको शुल्क :

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij