अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

मंगलवार, आषाढ ११ २०८१
मंगलवार, आषाढ ११ २०८१
  • अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

    काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले मंगलबार सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।  

    मन्त्रालयले प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् । यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ ।

    सुशीला अर्याललाई समेत महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकका रुपमा तोकिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij