सिरहाको होटलमा एक युवकको शंकास्पद मृत्यु, सँगै बसेकी महिला फरार

सिरहाको होटलमा एक युवकको शंकास्पद मृत्यु, सँगै बसेकी महिला फरार

मंगलवार, आषाढ ११ २०८१
मंगलवार, आषाढ ११ २०८१
  • सिरहाको होटलमा एक युवकको शंकास्पद मृत्यु, सँगै बसेकी महिला फरार

    काठमाडौं ।  सिरहा धनगढीमाई नगरपालिका-१० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका-३ का करिब ३२ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ ।

    होटल सञ्‍चालक धर्मा महतोका अनुसार विहान ९:३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी दिए । धेरै समय भइसक्दासमेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल सञ्‍चालक महतोले जानकारी दिए ।

    मृतक कामती वैदेशिक रोजगारीबाट आज बिहान मात्र घर आइपुगेको परिवारजनले जानकारी दिए । मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउनेबित्तिकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए । मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन् ।

    कामतीको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतसँग प्रवेश गरेकी अपरिचित रहेको बताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij