काठमाडौं । माइतीघर मण्डलाको झण्डावाला पोलमा चढेकी महिलालाई प्रहरीले डेढ घण्टापछि उद्धार गरेको छ । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीलाई प्रहरीको टोलीले मंगलवार करिब २ बजेतिर उद्धार गरेको हो ।
मंगलवार दिउँसो साढे १२ बजेति उनी झण्डा राखेको पोलमा चढेकी थिइन्। झण्डा फेर्नका लागि पोलमा राखिएको भर्याङको सहायतामा उनी माथि चढेकी थिइन् । तल झर्न अटेर गरेपछि प्रहरीले उनलाई पोलमै डोरीले बाँधेर राखेको थियो ।
यसअघि पनि गिरीले सर्वोच्च अदालत परिसरमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले श्रीमान् भुवनविरुद्ध मुद्दा दायर गरेकी थिइन् । गिरी उक्त मुद्दामा दोषी ठहर भइसकेका छन् ।