कोशी सरकारविरुद्धको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी

कोशी सरकारविरुद्धको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी

मंगलवार, आषाढ ११ २०८१
मंगलवार, आषाढ ११ २०८१
  • कोशी सरकारविरुद्धको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी

    काठमाडौं । कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस सकिएको छ ।  न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा मंगलबार बहस सकिएको हो । 

    अहिले न्यायाधीशहरु फैसला सुनाउनका लागि लेखनमा जुटेको र सम्भवतः आजै यो मुद्दामा फैसला आउने बताइएको छ । सर्वोच्चले सोमबार नै सुनुवाइ सक्ने भनेपनि कानुन व्यवसायीहरूले बहसका लागि थप समय माग गरेपछि अन्तिम समयमा मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । 

    विधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई अल्पमतमा परेको ३० दिनपछि २६ वैशाखमा पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले सोही उपधारा अनुसार २७ वैशाखमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    नयाँ सरकार गठनविरुद्ध २७ वैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका कारण आफूलाई पदमुक्त गर्न नमिल्ने भन्दै केदार कार्कीले प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आह्वान बदर, प्रदेश सभाले पास गरेको संकल्प प्रस्ताव बदर र हिक्मतकुमार कार्कीको नियुक्ति बदर गरी आफ्नो निरन्तरताको माग गरेका छन् ।

    कोशी प्रदेशको सरकार अब कसको हुने छ भन्नेमा सर्वोच्चले आज सुनाउने फैसलामा निर्भर हुने देखिन्छ । सर्वोच्चले रिट जारी हुने फैसला सुनाएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की फर्कने छन् भने रिट खारेज हुने फैसला भएमा वर्तमान मुख्यमन्त्री कार्कीले नै निरन्तरता पाउने छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij