भक्तपुरको दधिकोटमा भएको २ करोड लुटपाटमा संलग्न ४ जना पक्राउ

भक्तपुरको दधिकोटमा भएको २ करोड लुटपाटमा संलग्न ४ जना पक्राउ

मंगलवार, आषाढ ११ २०८१
मंगलवार, आषाढ ११ २०८१
  • भक्तपुरको दधिकोटमा भएको २ करोड लुटपाटमा संलग्न ४ जना पक्राउ

    काठमाडौं । भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरालाई पक्राउ गरेको हो । 

    दधिकोटका डिल्ली राउतको घरमा असार ४ गते लुटपाट भएको थियो ।मुख्य योजनाकार भनिएका व्यक्ति कुलबहादुर खत्री भने फरार छन् । उनी डिल्ली राउतका मामासमेत हुन् ।

    पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको छन् । लुटपाटमा संलग्न एक जना भने फरार छन्।

    पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार अभियुक्तहरु आफूहरु सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेका थिए ।

    त्यसपछि घरका सदस्यहरुलाई डरत्रास देखाउँदै उनीहरुले दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेका थिए । प्रहरीले उनीहरुलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । 

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij