काठमाडौं । सुनसरी र मोरङको सिमानामा रहेको बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि आएको बाढीले बगाएको दाउरा संकलन गर्ने क्रममा अन्य अन्य तीन जना बेपत्ता भएका छन् ।
मंगलबार बिहानदेखि बढ्दै गएको बूढीखोलाको बढीले बगाएर मृत्यु भएकी एकजना महिलाको सब फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन । बाढीमा बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षातका कारण सुनसरीको धरान उपमहानगरपलिका-३ मा पहिरो जाँदा दर्जन घर जोखिममा परेका छन् । बाढीका कारण जनधनको क्षति हुने भएकोले गरमै सर्वसाधारणलाई घरमै बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ।