काठमाडौं । बुद्ध एयरले १८ औं एटीआर जहाज भित्र्याउन लागेको छ । कम्पनीले एटीआर ७२–५०० सिरिजको जहाज थप गर्न लागेको हो । उक्त जहाज शनिबारसम्ममा नेपाल आइसक्नेछ ।
जहाज मर्मतसम्भारका लागि बुद्ध एयरसँग अत्याधुनिक ह्याङ्गर छ, जुन दक्षिणपूर्वी एसियाकै उत्कृष्टमध्ये एकमा पर्छ । जहाँबाट स्वदेशी तथा विदेशी कम्पनीले पनि सेवा लिइरहेका छन् ।
बुद्ध एयरले ‘यात्रुको समय हाम्रो उडान’ भन्ने मन्त्रका साथ विभिन्न गन्तव्यमा उडान सङ्ख्या अभिवृद्धि गरेको छ । कम्पनीले पोखरा, विराटनगर, भैरहवामा दैनिक आधा दर्जनभन्दा बढी उडान गरिरहेको छ । त्यसबाहेक सुर्खेत, तुम्लिङटार, धनगढी लगायतका स्थानहरुमा पनि बुद्ध एयरले उडान भर्दै आइरहेको छ ।