ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड रुपैयाँ

ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड रुपैयाँ

मंगलवार, आषाढ ११ २०८१
मंगलवार, आषाढ ११ २०८१
  • ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड रुपैयाँ

    काठमाडौं । ललितपुर महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८१/०८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँभन्दा धेरैको बजेट ल्याएकाे छ ।

    महानगरकी उपमेयर मञ्जली शाक्यले साेमबार नगरसभाको पाँचाैँ अधिवेशनको तेस्रो बैठकमा ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँकाे बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा चालू खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पूँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।

    यो बजेट चालू आर्थिक वर्षकाे भन्दा १५ प्रतिशतले बढी हाे । महानगरले चालू आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख रुपैयाँ बजेट विनियाेजन गरेकाे थियाे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij