निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गतडौलालाई

निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गतडौलालाई

सोमवार, आषाढ १० २०८१
सोमवार, आषाढ १० २०८१
  • निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गतडौलालाई

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेकी सचिव लीलादेवी गतडौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छिन् ।

    प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका अनुसार नेपाल सरकार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप उनले निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी हुन् ।

    मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंंमा मुद्दा दायर गरेपछि अर्याल स्वतः निलम्बित भएका छन् । अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij