काठमाडौं । नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ ले नेपालको साक्षरता दर ७७.४ प्रतिशत देखाएको हो । यसअघि राष्ट्रिय जनगणना २०७८ को सर्वेक्षण अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत देखाएको थियो ।
पुरुषको साक्षरता दर ८५.८ प्रतिशत रहेको छ भने महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ । यो तथ्यांक अनुसार महिलाको तुलानामा पुरुष साक्षरता दर बढी रहेको छ ।
१५ वर्ष र सोभन्दा माथिको साक्षरता दर भने ७२.५ प्रतिशत रहेको छ । जसमा महिलाको साक्षरता दर ६४.१ प्रतिशत र पुरुषको साक्षरता दर ८२.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
५ वर्ष र सोभन्दा माथिको साक्षरता दरलाई प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै साक्षरता गण्डकी प्रदेशमा रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ ।
साक्षरता दर कोशीमा ७८.२ प्रतिशत, मधेशमा ६८.३ प्रतिशत, बागमतीमा ८३ प्रतिशत, गण्डकीमा ८३.४, लुम्विनीमा ८०.१ प्रतिशत, कर्णालीमा ७६.६ प्रतिशत र सुदुरपश्चिममा ७३.५ प्रतिशत रहेको छ ।
क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकाको सहरी इलाकामा सबैभन्दा धेरै ८९.६ प्रतिशत साक्षरता रहेको छ ।