भ्रष्टाचार मुद्दा दर्ता हुने भएपछि राजीनामा दिँदै मुख्यसचिव अर्याल

भ्रष्टाचार मुद्दा दर्ता हुने भएपछि राजीनामा दिँदै मुख्यसचिव अर्याल

आइतवार, आषाढ ९ २०८१
आइतवार, आषाढ ९ २०८१
  • भ्रष्टाचार मुद्दा दर्ता हुने भएपछि राजीनामा दिँदै मुख्यसचिव अर्याल

    काठमाडौं । मुख्यसचिव डा.वैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । टेरामेक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्ने भएपछि उनले आफ्नो मुख्यसचिव पदबाट राजीनामा दिने भएका हुन् । 

    शुक्रबार अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो भने आज सो मुद्धा दायर गर्न अख्तियारको टोली विशेष अदालत पुगेको छ ।

    आफूविरुद्ध मुद्धा दायर हुने भएपछि मुख्य सचिव अर्यालले राजीनामासहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले अर्याललाई आफ्नो स्वविवेकमा निर्णय गर्न भनेपछि अर्यालले राजीनामा दिन लागेका हुन् । 

    अर्याल सञ्चार सचिव हुदा भएका यी प्रकरणमा अख्तियारले अनुसन्धानपछि डेढ अर्बभन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij