कतारबाट भन्सार छलेर ल्याएको सुनसहित सिनामंगलबाट ३ जना पक्राउ

कतारबाट भन्सार छलेर ल्याएको सुनसहित सिनामंगलबाट ३ जना पक्राउ

आइतवार, आषाढ ९ २०८१
आइतवार, आषाढ ९ २०८१
  • कतारबाट भन्सार छलेर ल्याएको सुनसहित सिनामंगलबाट ३ जना पक्राउ

    काठमाडौं । भन्सार छलेर ल्याएको सुनसहित ३ जना पक्राउ परेका छन् । भन्सार छलेर अवैध रुपमा सुन ल्याएको आरोपमा प्रहरीले तीनजनालाई सिनामंगलबाट पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा–८ का मोहम्मद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने सन्तोष परियार र तनहुँ भानु नगरपालिका–७ घर भएका अन्जिल गुरूङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

    कतारबाट नेपाल आउने हिमालय एयरलाइन्सको उडानमार्फत् नेपाल आउने केही व्यक्तिले भन्सार छलेर सुन ल्याई कारोबार गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    मोहम्मद दिलसाद खाँको शरीरमा खानतलासी गर्दा नौ लाख ९९ हजार तीन सय ९६ रूपैयाँ बराबरको झन्डै ७० ग्राम सुनको ब्रासलेट एक थान र झन्डै १२ ग्रामको बेरूवा औंठी भेटिएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij