आफू ‘प्रहरी हुँ’ भन्दै भक्तपुरबाट दुई करोड लुटपाट

आफू ‘प्रहरी हुँ’ भन्दै भक्तपुरबाट दुई करोड लुटपाट

शनिवार, आषाढ ८ २०८१
शनिवार, आषाढ ८ २०८१
  • आफू ‘प्रहरी हुँ’ भन्दै भक्तपुरबाट दुई करोड लुटपाट

    काठमाडौं । सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटका एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ । आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चार/पाँचजनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेका हुन् ।

    भक्तपुर प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको र हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । उक्त घटना मंगलबार राति भएपनि हालसम्म गोप्य राखिएको थियो ।

    सीसीटीभी फुटेजमा चार/पाँचजनाको समूह व्यवसायीको घरमा गएको देखेपछि सोही फुटेजका आधारमा प्रहरीले आफ्नो अनुसन्धान अगाडी बढाएको छ ।

    घटनाको अनुसन्धान भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रुपमा गरिरहेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij