आठ देशका राजदूत सिफारिस, भारतमा रेग्मी

आठ देशका राजदूत सिफारिस, भारतमा रेग्मी

शुक्रवार, आषाढ ७ २०८१
शुक्रवार, आषाढ ७ २०८१
  • आठ देशका राजदूत सिफारिस, भारतमा रेग्मी

    काठमाडौं । सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त रहेका आठवटा देशका राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

    भारतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन्। त्यस्तै अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे, बेलायतमा डा. विजय पन्त, डेनमार्कमा सुम्निमा तुलाधार, स्पेनमा पुष्पराज रञ्जितकार, दक्षिण कोरियामा सुशील प्याकुरेल, मलेसियामा नेत्रप्रसाद तिमल्सिना र साउदी अरबमा अबुसुफ्यान खान मुसलमान सिफारिस भएका छन्। 

    सरकारले केही दिनअघि ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। गठबन्धनमा आबद्ध प्रमुख दलहरूले राजनीतिक भागबण्डका आधारमा राजदूत सिफारिस गर्ने सहमति गरेका थिए। सोहीअनुरुप एमाले, माओवादी र जसपाबाट ८ जना राजदूतहरू सिफारिस भएका हुन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij