काठमाडौं । काठमाडौंको कोटश्वरमा शुक्रबार दिउँसो भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटरको पछाडी बस्ने महिलाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मृत्युु हुनेमा स्कुटरमा सवार ललितपुर सानागाउँ निवासी ४३ वर्षिया लक्ष्मीदेवी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, बा ३ ख ३०५३ नम्बरको अलकत्र बोक्ने टिपरमा बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बर स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।
स्कुटर चालकको अवस्था भने सामान्य छ । घटनापछि प्रहरीले टिपर चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको छ ।