काठमाडौं । आज सुनचाँदीको मुल्य १९ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।