मन्त्रालयले गर्यो गोरखा सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई समस्याग्रस्त घोषणा

मन्त्रालयले गर्यो गोरखा सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई समस्याग्रस्त घोषणा

शुक्रवार, आषाढ ७ २०८१
शुक्रवार, आषाढ ७ २०८१
  • मन्त्रालयले गर्यो गोरखा सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई समस्याग्रस्त घोषणा

    काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरको गोरखा सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले संस्थालाई समस्याग्रत घोषणा गरेको हो ।

    मन्त्रालयले सहकारी ऐनको दफा १०४ अनुसार समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व राफसापको लागि सोही ऐनको दफा १०५ अनुसार गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको छ ।

    तत्कालीन गोरखा डेभलपमेन्ट बैंक घोटालमा संलग्न डम्बरबहादुर बम्जन तामाङ (डीबी) र उनका दाजु तेजबहादुर तामाङ सहित सञ्चालक र पूर्वसञ्चालकले आफ्न्त र विभिन्न व्यक्तिका नाममा लिएको ऋण वर्षौंदेखि भुक्तानी नगर्दा सहकारीमा समस्या देखिएको थियो ।

    बम्जन र उनीसँगै संस्थाको कार्यकारी भूमिकामा रहेका करिब डेढ दर्जन व्यक्तिले हालीमुहाली गर्दा बचत र सेयरसहित सर्वसाधारणको साढे ४ अर्ब अपचलन भएको थियो ।

    -624211475.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij