काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार पनि इडीका वकिलहरूले थप अनुसन्धानका लागि अझै हिरासतमा राख्न अनुमति मागेका थिए । तर न्यायाधीश न्याय बिन्दुको इजलासले उनलाई बिहीबार जमानतमा छाड्न आदेश दिएको हो ।
यसअघि उनी लोकसभा निर्वाचनको प्रचारका लागि अन्तरिम जमानतमा रिहा भएका थिए। त्यसअनुसार २१ दिन जेलबाहिर रहेर उनी चुनावपछि फेरि तिहाड जेल फर्किएका थिए ।
उनलाई गत मार्च १२ मा मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै भारतको प्रवर्तन निर्देशनालय (इडी)ले पक्राउ गरेको थियो।