काठमाडौं । भरतपुर विमानस्थलमा श्री एयरलाइन्सले आज परीक्षण उडान गरेको छ । श्री एयरलाइन्सको ८० सिट क्षमताको जहाज विमानस्थलमा अवतरण भएको हो।
भरतपुरको १२ सय मिटरको धावनमार्गमा ८० सिट क्षमताको जहाज परीक्षण भएको हो । भरतपुरमा बुद्ध एयरको ४८ सिट क्षमताको जहाजले मात्रै उडान भर्दै आएको छ।
धावनमार्ग छोटो भएको कारण यति एयरलायन्सले भने पहिलै नै उडान हटाएको थियो । ठूला जहाज अवतरणपछि भाडादर कम हुने अपेक्षा गरिएको छ ।
श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो । प्राधिकरणबाट अनुमति पाएपछि नियमित उडान गर्ने श्री एयरलायन्सले जनाएको छ ।
भरतपुर विमानस्थलको विस्तारको क्रम चलिरहेको छ । भरतपुर महानगरपालिकाको पहलमा विमानस्थलको धावनमार्ग बढाएर ठूजहाज र रात्रीकालिन उडान गराउन लागिएको हो ।