कक्षा १२ को परीक्षा दिएकाले पनि एमबीबीएसको प्रवेश परीक्षामा भाग लिन पाउने

कक्षा १२ को परीक्षा दिएकाले पनि एमबीबीएसको प्रवेश परीक्षामा भाग लिन पाउने

बुधवार, आषाढ ५ २०८१
बुधवार, आषाढ ५ २०८१
  • कक्षा १२ को परीक्षा दिएकाले पनि एमबीबीएसको प्रवेश परीक्षामा भाग लिन पाउने

    काठमाडौं ।  कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले चिकित्सा शिक्षातर्फ स्नातक तहको परीक्षामा भाग लिन पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो ।

    यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन १२ कक्षा उतीर्ण गरेको हुनुपर्ने व्यवस्था रहेको थियो । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आवेदन खुलाइसकेको छ भने स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी १ भदौदेखि ५ भदौसम्म हुने जनाइएको छ । 

    सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् । तर परीक्षाको नतिजा आउने बेलामा आयोगले योग्यता पुगेका उम्मेदवारलाई मात्रै समावेश गरी नतिजा प्रकाशित गर्ने स्पष्ट पारेको छ ।

    एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, फार्मेसीलगायत चिकित्सा शिक्षातर्फको स्नातक तहका विभिन्न विषयमा भर्ना हुन कक्षा १२ मा फिजिक्स, केमेस्ट्री, बायोलोजीलगायतका विषयमा अध्ययन गरेको हुनुपर्ने छ । उक्त विषयमा कम्तीमा ५० प्रतिशत वा २।४ जीपीए प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij