नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले दिए आवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले दिए आवेदन

बुधवार, आषाढ ५ २०८१
बुधवार, आषाढ ५ २०८१
  • नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले दिए आवेदन

    काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्धक निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २२ जेठमा खुलाएको दरखास्त आह्वानको अन्तिम दिन मंगलबारसम्म १७ जनाले आवेदन दिएका हुन् । 

    यसरी आवेदन दिनेमा विमल आचार्य, राजेश जोशी, अनन्त प्रकाश मल्लिक, संगीता पहाडी अर्याल, बुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, रमेशप्रसाद जोशी, कमल लामिछाने, केदारनाथ कोइराला रहेका छन् । 

    त्यस्तै, नगेन्द्र कुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, शालिकराम पराजुली, अनिलकुमार झा, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र प्रेमप्रसाद सिलवाल रहेका छन् । 

    टेलिकमको प्रवन्ध निर्देशक बन्न ३५ वर्ष पूरा गरेका र ५८ वर्ष उमेर ननाघेको व्यक्ति हुनपर्नेछ । तोकिएको विषमा स्नातकोत्तर गरेको, टेलिकम क्षेत्र वा सरकारी स्वामित्वका सार्वजनिक संस्थामा काम गरेको १२ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने शर्त तोकेर आवेदन माग गरेको थियो ।

    आवदेनकमध्ये तोकिएको मापदण्ड पूरा गरेको आवदेनमध्येबाट प्रस्तुतीकरण र अन्तरवार्तामार्फत अन्तिम ३ जना छनोट हुने छन् । छनोटमा परेको अन्तिम ३ जनामध्येबाट सरकारले १ जनालाई टेलिकमको प्रवन्ध निर्देशकमा नियुक्त गर्ने छ ।

    नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल विशेष अदालतबाट दोषी ठहर भएसँगै ७ वैशाख २०८१ यता उक्त नेपाल टेलिकमको प्रबन्ध निर्देशक पद रिक्त रहेको छ । टेलिकममा निमित्त प्रबन्ध निर्देशकका रूपमा संगीता पहाडी ९अर्याल० कार्यभार सम्हालिरहेकी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij