संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी  जवान गोली लागेको अवस्थामा मृत फेला

संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी  जवान गोली लागेको अवस्थामा मृत फेला

बुधवार, आषाढ ५ २०८१
बुधवार, आषाढ ५ २०८१
  • संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी  जवान गोली लागेको अवस्थामा मृत फेला

    काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटिएका एक प्रहरी  जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । दोलखा घर भएका नेपाल प्रहरी जवानअजित गोले गोली लागेको अवस्थामा आज बिहान शौचालयभित्र मृत फेला परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले मृत फेला परेकाे घटनाबारे थप अध्ययन भइरहेकाे बताए ।

    शौचालयमा गोली चलेको आवाज सुनेपछि गएर हेर्दा गाेलेकाे घट्नास्थलम‌ै मृत्युु भएकाे बताइएको छ । गाेलेले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएकाे छ । उनले इन्सास राइफलबाट आफैंले निधारमा गाेली चलाएकाे हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

    प्रहरीले उनका साथीहरुसँग घटना हुनुभन्दा अगाडिको अवस्थाबारे बुझ्ने काम गरिराखेको छ । गोलेको शव परिक्षणका लागि सिभिल अस्पतालमा लगिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij