आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदको जोड

आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदको जोड

मंगलवार, आषाढ ४ २०८१
मंगलवार, आषाढ ४ २०८१
  • आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदको जोड
    काठमाडौँ । आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न राष्ट्रियसभा सदस्यहरुले जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले घरभाडा समयानुकूल बनाउनुपर्ने लगायतका ११ बुँदे मागसहित आन्दोलनरत कर्मचारीका मागबारे सरकारको ध्यानाकर्षण गराए ।
     
    बैठकको विषेश समयमा सांसद मायाप्रसाद शर्माले कर्मचारीहरुको माग जायज रहेको उल्लेख गर्दै उनीहरुका मागमा ऐक्यबद्धता जनाएका छन् । “कार्यालय समयपछि पनि कतिपय कर्मचारीले काम गर्नुपर्ने भएकाले उनीहरुलाई अतिरिक्त सेवा सुविधा उपलब्ध गराउनुपर्छ”, उनले भने, “कर्मचारीहरुको तलब बृद्धि हुन सकेन, तलब बृद्धि गर्न सकेमा उनीहरुलाई थप हौसला मिल्ने छ ।”
     
    सांसदद्वय श्रीकृष्णप्रसाद अधिकारी र नरबहादुर विस्टले कर्मचारीको माग सम्बोधन जरुरी रहेको बताए । हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत रु तीन हजार पाँच सय प्राप्त गर्दै आएको छ । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीका लागि प्रतिमहिना रु तीन हजार आवास भत्ता तोकिएको छ ।
     
    आन्दोलनरत कर्मचारीले राखेको ११ बुँदे मागको पहिलो बुँदामा घरभाडा वृद्धिको माग उल्लेख छ । सङ्घीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को अनुसूची १२ मा रहेको यो व्यवस्था पुनरावलोकन हुनुपर्ने उनीहरुको माग छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij