श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

मंगलवार, आषाढ ४ २०८१
मंगलवार, आषाढ ४ २०८१
  • श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीले रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई उनकी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

    उनकी पत्नी ३७ वर्षकी नजाबुन नेसाको ३२ जेठमा हत्या भएको थियो । अनुसन्धानका क्रममा मृतक महिलालाई उनकै श्रीमान मसुद आलमले घाटी थिची मारेको हो भन्ने खुलेको छ । 

    मसुदले श्रीमतीको घाटी थिचेको उनकै छोरीले समेत पुष्टी गरेकी छिन् । प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका मसुदले श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    हत्या आरोपमा अनुसन्धानका लागि मसुदलाई हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालयबाट अनुमति लिइने प्रहरीले बताएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij