जेठसम्म ४४ अर्ब ४० करोडको बैदेशिक लगानी प्रतिवद्धता

जेठसम्म ४४ अर्ब ४० करोडको बैदेशिक लगानी प्रतिवद्धता

मंगलवार, आषाढ ४ २०८१
मंगलवार, आषाढ ४ २०८१
  • जेठसम्म ४४ अर्ब ४० करोडको बैदेशिक लगानी प्रतिवद्धता

    काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा मुलुकमा ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको साउनदेखि जेठ महिनासम्म ३ सय ५९ परियोजनामार्फत ४४ अर्ब ४० करोड रुपैयाँ प्रतिबद्धता आएको हो ।

    विदेशी लगानीमा सञ्चालित उद्योगबाट २० हजार १ सय ४६ जनालाई रोजगारी दिने अनुमान गरिएको छ । गत वर्षको जेठ मसान्तसम्ममा ३४ अर्ब ५८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा झन्डै १० अर्ब रुपैयाँ बढीको लगानी आएको विभागको तथ्याङ्कले देखाएको छ । 

    विभागका अनुसार सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता पर्यटनमूलक उद्योगमा १ सय ७६, सेवा क्षेत्रमा १ सय १४, उत्पादनमूलक क्षेत्रमा ४०, सूचना प्रविधिमूलक १०, पूर्वाधारमूलक उद्योगमा सात, कृषिजन्य उद्योगमा आठ, खानिजन्यमा तीन र ऊर्जामा एक विदेशी लगानी प्रतिबद्धता आएको छ ।

    ११ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ३ सय ४१, मझौला १४ र ठूला ४ उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको ११ महिनामा रोयल्टीबापत २ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ बाहिरिएको छ । गत वर्ष सोही अवधिमा रोयल्टीबापत २ अर्ब ३२ करोड ८ लाख १२ हजार रुपैयाँ बाहिरिएको छ । १६ लाख १५ हजार २ सय ३८ डलर, ३० करोड ७० लाख ६१ हजार भारु र ४९ हजार युरो बाहिरिएको विभागको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij