सुर्खेतमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

सुर्खेतमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

सोमवार, आषाढ ३ २०८१
सोमवार, आषाढ ३ २०८१
  • सुर्खेतमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।  वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्नेक्रममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । 

    मृत्यु हुनेमा वीरेन्द्रनगर ११ पिपिराका ३२ वर्षीय विद्याप्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीया लक्ष्मी कँडेल रहेका छन् । सोमबार अपराह्न ४ः२४ बजे इनार खन्नेक्रममा निस्सासिएर दुई जना बेहोस भएका थिए। बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍र्याउन बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो।

    उनीहरुको शव अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij