काठमाडौं । ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ । प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिंदा सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डेको मृत्यु भएको हो ।
कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गर्दा सोही दिशामा रहेको स्कुटरलाई सोमबार साँझ ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको प्रहरीले जनाएको छ ।